neapl investment mega bank
  • गृहपृष्ठ
  • बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

Aug 26th, 2025

काठमाडौं, भदाै १०

काठमाडौँ महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ। महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो।

अनुगमनका क्रममा चार रेस्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर total polar material उपकरणद्वारा जाँच गरिएको थियो। जाँचमा दुई रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ। यस्तै, मिठाई पसलको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।