आधारभूमि भाद्र ४, ललितपुर ।
महालक्ष्मी नगरपालिका वडा नंं. ४ को कृष्ण मन्दिर सडकका खण्डको मनकामना रोडमा जनप्रतिधिशरुले समयमा ध्यान नपुर्याउदा पैदल यात्रु र स्कूल जाने विद्याथीहरुलाई बाटो हिड्न निकै कठिनाईमा परेका छन ।
करिव आठ वर्ष देखि त्यस सडकमा बाटो कालो पत्रे हुन सकेको छैन । हिउदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुदाँ पैदल यात्रुलाई सडकमा आवत जावत गर्न हम्मे हम्मे परेको छ ।
त्यती मात्र कहाँ हो र महालक्ष्मी नगरपालिकाको शंखदेवि लामाटार रोडमा पनि सडकमा ठूलै खाल्टा खुल्टी पर्दा समेत कूनै जनप्रतिनिधिहरुले कुनै चासो देखाएको पाइएको छैन । दैनिक यात्रा गर्ने यात्रु भने ज्यान कहिले जाने हो भन्ने डर चिन्ताले यात्रा गर्नु परेको स्थानीय गोमा पौडेल बताउँछिन । जनप्रतिनिधि भने कहाँ कहाँ उद्घाटन र दर कार्यक्रमको निम्तो मान्न मात्र हिडेको स्थानीय उपभोक्ता बताउछन् ।
