काठमाडौं, भदाै २
मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।
उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।