neapl investment mega bank
  • गृहपृष्ठ
  • दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

Aug 18th, 2025

काठमाडौं, भदाै २

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको दशैं र तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जनाएको छ। आइतबार बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री देवेन्द्र दाहालले इन्धनको मूल्यअनुसार भाडा समायोजन गर्ने स्वचालित प्रणाली रहेको र यसपटक भाडा वृद्धिको कुनै योजना नभएको स्पष्ट पारे।

उनले व्यवसायीहरूलाई चाडपर्वको भीडभाडको मौका छोपी भाडा वृद्धि नगर्न आग्रह गरेको र त्यसका लागि पहल भइरहेको बताए।