काठमाडौं, साउन २८
गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतले चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको हो । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए ।