neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रसाईं निस्किदा राजनीतिक दल र शोषक, सामान्तीको हरायो निन्दा, पीडितहरुमा आशा !

प्रसाईं निस्किदा राजनीतिक दल र शोषक, सामान्तीको हरायो निन्दा, पीडितहरुमा आशा !

Aug 7th, 2025

काठमाडौं, साउन २२

‘देश र जनताको लागि काम गछौं’ भन्दै जनताको मतबाट चुनिएका आएका प्रतिनिधि तीन तहको सरकारमा छन् । ‘राष्ट्र र नागरिककै निम्ति काम गछौं’ भन्दै निर्वाचन आयोगमा विभिन्न नाममा राजनैतिक दलहरु दर्ता भएका छन् । देश र जनताकै लागि भन्दै जन्मिएका अभियन्ताहरु पनि थुप्रै छन् ।
ह्जारौंको संख्यामा रहेका जनप्रतिनिधि, राजनीतिक दलका नेता र अभियन्ताभन्दा पनि पीडित जनताको विश्वास एउटा व्यक्तिमा देखिन्छ । ती हुन्, दुर्गा प्रसाईं । उनी जेलबाट छुटेलगत्तै बजारमा मीटरब्याज, सहकारी, बैंक तथा अन्य वित्तिय संस्थाका पीडितहरु फेरि आफूहरुको आवाज उठ्छ कि भनेर आशा गरिरहेका छन् । प्रसाईं जनताबाट चुनिएका प्रतिनिधि होइनन् न त उनी कुनै राजनैतिक दलमा आबद्ध छन् । फेरि उनी कुनै अभियन्ता पनि होइनन् । अनि किन करोडौं जनता उनीमाथि आशा लगाएर बसेका छन् त ? यत्रा जनप्रतिनिधि, दल र नेता, अभियन्ताहरुप्रति विश्वास नगरी जनताले किन प्रसाईंमाथि अठोट विश्वास गरिरहेका छन् ? प्रश्न उब्जिएको छ । यसको जवाफ अब जनप्रतिनिधि, दल र नेता, अभियन्ताहरु आफैंले खोज्नुपर्छ । आफूहरुमा के कमी भयो र जनताले प्रसाईंलाई चुने ? भनेर छिट्टै मनन गर्न नसके भविष्यमा ठूलो क्षतिसमेत व्यहोर्नुपर्ने छ । ०८१ चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादीहरुको आन्दोलन थियो । त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई नागरिकको ज्यान गयो ।

आन्दोलनलगत्तै फरार भएका प्रसाईंलाई चैत २९ गते प्रहरीले समात्यो । उनीविरुद्ध विभिन्न पाँच कसुरमा मुद्दा चलाइएकोमा जेठ अन्तिम सातातिर काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो । सोविरुद्ध उच्च अदालत पाटन पुगेका उनी गत साउन १९ गते धरौटी तिरेर रिहा भइसकेका छन् । प्रसाईं जेल जाँदा राजनैतिक दल, मारवाडी, बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्षसहित मीटरब्याजीहरु खुशी भएका थिए । बैंक, वित्तिय संस्थाका पीडित चाँहि निकै निराशा र दुखी भएका थिए । ‘अब हाम्रो आवाज उठाउने कोही भएन’ भन्दै उनीहरुले मार माने । चैत १५ गतेअघि ‘नेपालमा राजतन्त्र फर्किन्छ, राजा आउँछ’ भनेर गाउँदेखि शहरसम्म वा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा भइरहेको थियो । कमल थापा, राजेन्द्र लिङ्देन, प्रकाशचन्द लोहनी, नवराज सुवेदीले ‘हामी राजतन्त्र फर्काउँछौं’ भन्दै पूर्वराजासँग वषौंदेखि पैसा असुल्दै आएका थिए । उनीहरुको दोहोरो चरित्र छ । एकातिर राजतन्त्र चाहियो भन्ने, अर्कोतिर लोकतन्त्र गणतन्त्र मानी चुनाव जितेर सांसद पड्काउने । यिनीहरुले दुवै हातबाट लड्डी खाइरहेका थिए । यद्यपि, पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह भने यसबाट अन्जान थिए । उनीहरुले दशकदेखि गर्न नसकेको काम दुर्गा प्रसाईंले केही समयमै गरिदिए ।
उनकै कारण नेपालमा फेरि पनि राजतन्त्रको चर्चा, बहस शुरु भयो । राजनीतिक वृत्तमा ठूल्लै हलचल मच्चियो । जनता पनि राजतन्त्रकै पक्षमा उभिन थाले । दुर्गा प्रसाईंले माहौल बनाएपछि राप्रपा पनि उनको पछि लाग्यो । राजतन्त्र फकाउँछौं भन्दै । राप्रपाले त्यतिखेर भन्थ्यो, ‘हामी राजतन्त्र फर्काएरै छोड्छौं, राजालाई दरबारलाई छिराउँछौं ।’

तर, प्रसाईं पक्राउ पर्नासाथ न राप्रपाले आन्दोलन गर्न सक्यो न त राजतन्त्रको पक्षमा बोल्न सक्यो । अहिले राजेन्द्र लिङ्देन, प्रकाशचन्द लोहनी, नवराज सुवेदी, ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र, धवलशमशेर राणा कुन दुलोमा लुकेर बसेका छन् ? प्रसाईंले राजतन्त्र फर्काएमा ‘हामीले केही पाउँनौं, राजाले हामीलाई हेर्दैन’ भन्ने थाहा पाएपछि राप्रपा आन्दोलनमा होमिएको थियो । पछि प्रसाईं पक्राउ पर्दा आन्दोलनको आयोजक आफूहरु नभएको भन्दै पन्छियो । जसले राजतन्त्रको चर्चा, बहस सामसुम हुन पुग्यो भने राप्रपाले ‘राजा फर्काउन सक्दैन, राजा फर्काउने नाममा लुट्न आएको हो’ भन्ने कुरा प्रमाणित भएको छ । राप्रपाको १४ जना सांसद छन् । उनीहरु ०७२ सालको संविधानबमोजिम लोकतन्त्र गणतन्त्र मानेर जनताबाट चुनिएर आएका हुन् । जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । सरकारी गाडी चढ्छन् । आफ्नो क्षेत्रमा बजेट हालेर कमिशन खान्छन् । उता, फेरि ‘राजतन्त्र फर्काउँछौं’ भन्दै राजासँग पैसा ल्याएर खाने पनि गर्छन् । राप्रपाका सांसदहरु न सांसद पदबाट राजीनामा दिन्छन् न राजतन्त्र फर्काउन आन्दोलन गर्छन् । उनीहरुको योजना भनेकै दुवैतिरबाट खाइरहनु हो ।
गणतन्त्र मानेर राज्यकोषबाट तलबभत्ता, सेवासुविधा लिने अनि राजतन्त्र फर्काउँछौं भन्दै राजासँग असुल्ने । तर, प्रसाईं साँच्चिकै राजतन्त्र फर्काउन लागेका थिए । यसका लागि उनले न राजासँग पैसा खाए न उनी जनताबाट चुनिएका सांसद नै थिए । लोकतन्त्र गणतन्त्र नेता र तिनका छोराछोरीका लागि मात्र आयो, यसले देश बर्बाद गरेको भन्दै उनी राजा फर्काउनेतिर लागे ।

उनको मेहेनतले केही समयमै राजतन्त्रको पक्षमा ठूलो जनमत देखियो । गाउँदेखि शहरसम्म राजतन्त्र पुनःस्थापना गरिनुपर्छ भन्दै आवाज चर्कियो । अनि सरकार र राजनीतिक दलहरु डराए । आफूहरुले ल्याएको गणतन्त्र फ्यालिएमा भोलि देशै छोड्नपर्ने स्थिति आउनसक्ने भएपछि प्रसाईंले शान्तिपूर्ण भनि राजतन्त्रको पक्षमा गरेको आन्दोलनमा सरकार र दलहरुले नै हस्तक्षेप गरे । अनि आरोप चाँहि उनीमाथि थुपारियो । लगाइयो । अहिले प्रसाईं जेलबाट निस्किनेबित्तिकै दल, नेता, शोषक, सामान्ती, मारवाडी, बैंक, वित्तिय संस्थाहरुको फेरि निन्दा र भोक हराएको छ । प्रसाईंले पहिल्यै भनेका थिए, ‘नेपालमा सञ्चालन भएका सबै बैंक, बीमा कम्पनीहरु मारवाडीको हो । यिनीहरुलाई नलखेटेमा नेपाली जनता बाँच्न पाउने छैनन् । उनीहरुको सम्पत्ति लुटिने छ ।’
बैंकका कारण धेरैले आफ्नो सम्पत्ति गुमाएका छन् । सहन नसकेर अधिकांशले आत्महत्या, वंश नाश गरेका छन् । प्रसाईंको कुरा प्रमाणित भएको छ । मारवाडीहरुले चलाएको बैंकले धेरै जनताको उठीबास लगाएको छ । अझै पनि लगाउने क्रम जारी छ । यिनीहरुले कति जनतालाई घरबारविहीन बनाए ? गिन्ती गरेर साध्य छैन ।

अहिले बैंकमै समस्या आइसक्यो । जुनसुकै बेला बैंकका सञ्चालक, अध्यक्ष भाग्न सक्छन् । बैंकको लगानी भनेकै घरजग्गा, गाडी र सेयरमा हो । फेरि यी क्षेत्र पछिल्ला केही वर्षयता मन्दीमा छ । किनबेच ठप्पै छ । यसले बैंकमा समस्या निम्तिएको हो । बैंकमा भएको पैसा आम सर्वसाधारणको हो । बैंक भागेमा जनता डुब्छन् । नेपालका बैंक कोबाट सञ्चालित छन् ? प्रष्ट भइसक्यो । अनि बैंक भाग्नासाथ न जनताको पैसा फिर्ता आउने छ न त सञ्चालक, अध्यक्षहरुमाथि कारबाही नै हुनेछ । दुर्गा प्रसाईंले भनेका हरेक कुरा पुग्दै आएको छ । हु न त उनले पनि ११ अर्ब ऋण बैंकबाट लिएको बताइन्छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ५३ अर्ब, ऊर्जामन्त्री दीपक खड्काले १४ अर्ब र एमाले नेता महेश बस्नेतले बैंकबाट सात अर्ब ऋण लिएको तर साँवाब्याज नतिरेकै वर्षौ बितिसकेको बताइन्छ । यी त केही पात्र मात्रै हुन् । बैंकबाट अर्बौ ऋण लिएर नतिर्ने थुप्रै छन् । जसका कारण पनि बैंक संकटमा परेको हो ।

तर, अहिले बैंक, वित्तिय संस्था डुब्नेभन्दा पनि अर्कै कारणले चिन्तित छन् । त्यो हो, प्रसाईं । प्रसाईं निस्किनासाथ उनीहरु बैचेन छन् । बैंक, वित्तिय संस्था मात्रै होइनन्, शोषक, सामानती, राजनैतिक दलहरुको निन्दा र भोक हराएको छ भने पीडित जनताहरुमा फेरि पनि न्यायको आशा पलाएको छ ।
रुषा थापा
भक्तपुर