neapl investment mega bank
  • गृहपृष्ठ
  • राजेन्द्र महतो नेतृत्वको पार्टीमा को-को भए पदाधिकारी ?

राजेन्द्र महतो नेतृत्वको पार्टीमा को-को भए पदाधिकारी ?

Aug 5th, 2025

आधारभुमि संबाददाता

मङ्गलबार, २० साउन, काठमाडौँ

राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ। पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको हो।

पार्टीको अध्यक्षमा महतो (सर्लाही) स्वयं रहेका छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष बनाइएको छ। वरिष्ठ उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन्।

त्यस्तै, पार्टीमा ५ जना महासचिव रहेका छन्, जसमा केशव कुमार झा (सप्तरी), मिङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (पाँचथर), सन्तोष कुमार मेहता (सुनसरी) र अनिल कुमार महासेठ (सिराहा) छन्।

कोषाध्यक्षको जिम्मेवारी काठमाडौँका नरेन्द्र बज्राचार्यले पाएका छन् भने काठमाडौँका रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई प्रवक्ता तोकिएको छ।