काठमाडौं, साउन ९
बागमती प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।
बागमतीमा कांग्रेस संसदीय दल नेता बहादुर सिं लामा मुख्यमन्त्री छन्। मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले केही समयदेखि नै आग्रह गरे पनि मुख्यमन्त्री लामाले अस्वीकार गर्दै आएका थिए।
मुख्यमन्त्री लामाले आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने भन्ने पूर्वसहमति तोडेर सम्पर्कविहीन भएको आरोप लागेको छ। सरकार बनेको एक वर्षपछि पद छाड्ने पूर्वसहमति मुख्यमन्त्री लामाले अस्वीकार गरेको आरोप छ।