neapl investment mega bank

देशभर १ सय ४७ जनामा डेंगी संक्रमण

Jul 24th, 2025

काठमाडौं, साउन ८

पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । 

योसँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० जना, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ४, मधेशमा २ र कर्णालीमा १ जनामा सङ्क्रमण देखिएको छ । 

देशभरीबाट पछिल्लो २४ घण्टामा ५ जना नयाँ सङ्क्रमित थपिएका इडिसिडीले जनाएको छ । मनसुन सक्रिय भएसँगै संक्रमण बढ्दो क्रममा रहेको र ७३ जिल्लामा सङ्क्रमित देखिन थालेका छन्