neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंक ग्राहकले फ्रन्टलाईन हस्पिटलबाट सेवा लिँदा छुट पाउने

प्रभु बैंक ग्राहकले फ्रन्टलाईन हस्पिटलबाट सेवा लिँदा छुट पाउने

Jul 24th, 2025

काठमाडौं, साउन ८

काठमाडौं महानगरपालिका १०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने  भएका छन् । सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पिटलमा प्राप्त गर्न  सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर भएको हो । 

हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर सञ्चालित छन् । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।