ललितपुर, साउन ४
ललितपुर महानगरले आज शोक विदा दिएको छ । आइतबार अबेर सूचना जारी गर्दै महानगरले ललितपुरका नेता तथा महानगरका पुर्वमेयर बुद्धिराज बज्राचार्यको निधन भएपछि नगरपालिकाको कार्यालय वडा कार्यालयलगायत मातहतका कार्यालयमा आज एक दिन शोक विदा दिएको जानकारी दिएको छ । उनको शनिबार विहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको थियो ।
वि.सं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि वि.सं २०६० मा ललितपुरको मेयर भएका थिए । वि.सं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए ।
वि.सं २०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट २०५४ मा ललितपुरको मेयर भएका थिए ।