neapl investment mega bank

आफ्नो प्रेम व्यक्त गर्न…

Jul 17th, 2025

काठमाडौं, साउन १

आफ्नो प्रेम व्यक्त गर्न खोज्दै छु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दै छु
म तिमिलाई सम्झन्छु
म आज पनि तिमिलाई धेरै माया गर्छु

जब म आँखा बन्द गर्छु तिमिलाई देख्छु
केवल तिम्रो अंगालो र स्पर्शको चाहना गर्छु
म तिमिलाई धेरै सम्झन्छु
यो जिन्दगी मुस्कान र हर्षका साथमा बिताउछु

के तारा जस्तै अडिग हुन सकुला
कल्पना पनि गरेको थिइनँ यति धेरै माया गरौंला

आफ्नो प्रेम व्यक्त गर्न खोज्दै छु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दै छु
म तिमिलाई सम्झन्छु
म आज पनि तिमिलाई धेरै माया गर्छु
लेखक: गाेबिन्द राज ओझा (राजन)