ललितपुर, आधारभूमि असार ३१
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.३ स्थित सत्येश्वर महादेव र सत्यदेवी (इभी दह) बोजेपोखरीमा यही श्रावण १ गते देखि श्रावण २५ गते सम्म ऐतिहासिक हरिहर श्रावण सुधा सतसङ्ग एवं श्री कृष्ण झुला बोजे पोखरी महा–महोत्सव हुने भएको छ ।
संकल्पकर्ता पं.वासुदेव घिमिरे, आचार्य पं.विष्णुहरि बडाल, पं. प्रकाश पौडेल, पंं. इश्वर रेग्मी, पंं. दिपकिशोर भट्टराई, उपबवाचक पंं. उज्ज्वल श्री निरौला, यज्ञाचार्य पंं. अनमोल लामिछाने लगायतको टिमले वाचन गर्ने भएका छन् ।
सतसङ्ग महोत्सवले महालक्ष्मी नगरपालिकाको बोजे पोखरीमा रहेको सत्यश्वर भगवानको मन्दिर प्राङ्गडमा पञ्च धातुबाट निर्मित त्रिशूल स्थापना र सोही मन्दिर संरक्षणको लागि अक्षयकोष स्थापना गरिने मनशा वाचा केन्द्र महिला समूहको मूल आयोजक समितिकी अध्यक्ष लक्ष्मी विष्टले जानकारी गराइन ।
कार्यक्रम आयोजक मनशा बाचा केन्द्र महिला समूह, विश्व शान्ती फाउण्डेशन, सह आयोजक देवी स्थान महिला समूह मनपा ८, सृजनशिल महिला समूह मनपा ३, सारा फाउण्डेशन नेपाल मनपा ३, रमणिय टोल विकास संस्था मनपा ४, थापा समूह मनपा ८, नवजागर प्रगतिशिल महिला विकास केन्द्र मनपा ८, ललित्य सृजना समाज मनपा ४, रहेका छन् ।
