neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट

Jul 13th, 2025

काठमाडौं, असार २९

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

महानगरको १७औं नगरसभामा उपमेयर सुनिता डंगोलले यो बजेट पेस गरेकी हुन्। चालु आर्थिक वर्षको तुलनामा यो बजेट ६ करोड रुपैयाँले बढी हो, जुन गत वर्ष २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ थियो।