neapl investment mega bank
  • गृहपृष्ठ
  • टुकोनको काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन

टुकोनको काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन

Jul 13th, 2025

काठमाडौं, असार २९

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन गरेको छ ।
शनिबार आयोजित टुकोनको काठमाडौं जिल्ला भेलाले समिति पुनर्गठन गरेको हो । नवगठित समितिको अध्यक्षमा राजन खड्का, उपाध्यक्षमा विनोद न्यौपाने, सचिबमा पशुपति सुवेदी रहनुभएको छ भने सदस्यहरुमा दालमु शेर्पा, लाक्पा लामा, राजेश्वर तिवारी, तारा मगर, विवेक मगर, विपुल मगर, सरोज पोखरेल र दाकिपा शेर्पा रहेका छन् ।

ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा काठमाडौं जिल्ला कार्य समिति घोषणा गर्न आयोजित कार्यक्रमलाई राप्रपा नेपालका सहायक महामन्त्री एवं राष्ट्रिय किसान संगठनका अध्यक्ष डम्बर सिवाकोटी, राप्रपा नेपाल काठमाडौंका जिल्ला अध्यक्ष श्याम घिमिरे, टुकोनका उपाध्यक्षद्वय राजेन्द्र लाखा र अजेलिया रञ्जितकार, सचिब दावा शेर्पा, महिला प्रमुख संगिता लाखाजु, नायिका एवं २०१७ की मिस कोशी विजेता सुस्मिता श्रेष्ठ लयायतले सम्बोधन गरेका थिए । सुस्मिता आजैदेखि टुकोनमा आवद्ध भएकी हुन् ।

कार्यक्रम समापन गर्दै टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले नवगठित कार्यसमितिले श्रमिकका आवाजलाई वुलन्द पार्न थप सशक्त भएर अघि बढ्ने विश्वास गर्दै नवगठित कार्य समितिलाई शुभकामना दिएका थिए ।