neapl investment mega bank

चिकित्सकहरूको आन्दोलन फिर्ता

Jul 9th, 2025

काठमाडौं, असार २५

उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफल बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

चिकित्सकहरू उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि आन्दोलनमा उत्रिएका थिए ।