neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Jul 7th, 2025

काठमाडौं, असार २३

गरिमा विकास बैंक लिमिटेडले असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।