neapl investment mega bank
  • गृहपृष्ठ
  • मस्कले खोले नयाँ दल, नाम राखे ‘अमेरिका पार्टी’

मस्कले खोले नयाँ दल, नाम राखे ‘अमेरिका पार्टी’

Jul 6th, 2025

काठमाडौं, असार २२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्स मार्फत दिएका छन् ।

‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ । यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।