neapl investment mega bank

साझा यातायातका चालकको आँखामा समस्या

Jul 6th, 2025

काठमाडौं, असार २२

एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्छ । चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ

साझा यातायातका चालक, सहचालक र कर्मचारीका १५ जनाको आँखामा समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये १५ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो । समस्या देखिएकाहरूलाई औषधि, नजिकको चश्मा र कालो चश्मासमेत निःशुल्क वितरण गरिएको थियो ।