neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालले जित्यो एसीसी यू १६ इस्ट जोनको उपाधि

नेपालले जित्यो एसीसी यू १६ इस्ट जोनको उपाधि

Jul 5th, 2025

काठमाडौं, असार २१

नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।