neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगर पूर्णखोप सुनिश्चित पालिका घोषणा

ललितपुर महानगर पूर्णखोप सुनिश्चित पालिका घोषणा

Jul 3rd, 2025

ललितपुर , असार १९

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर जिल्लाका छ वटा पालिकामध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुने पाँचौ पालिका हो । पूर्णखोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रममा १५ महिना मूनिका बालबालिकाले १३ प्रकारका सरुवा रोगविरुद्धका खोप प्राप्त गरेको र गर्भवती महिला टीडी, धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिन्छ ।