neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी

श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी

Jul 2nd, 2025

काठमाडौं, असार १८

एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ८ गोल हानेर विजयी भएको छ ।

जसमा नेपालले फराकिलो अग्रता बनाएको थियो । उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ८–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो ।

पहिलो हाफमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै खाता खोलेकी थिइन् ।

पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो ।