neapl investment mega bank

एसईई नतिजा आजै सार्वजनिक हुने

Jun 27th, 2025

काठमाडौं, असार १३

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डको आज बसेको बैठकले आवश्यक प्राविधिक कामहरू अन्तिम चरणमा पुगेको भन्दै नतिजा साढे ५ बजेपछि सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, “कतिपय प्राविधिक कुरा भइरहेका छन्। तर, आजै साढे ५ बजेपछि रिजल्ट सार्वजनिक गर्नेछौं।”

यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। गत वर्षको तुलनामा परीक्षार्थी संख्या ४९ हजार २८६ ले बढेको हो। गतवर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीले एसईई दिएका थिए।