काठमाडौं, असार १३
सुनको मूल्यमा भारी गिरावट भएको छ। आज तोलामा २९ सय रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ।