neapl investment mega bank
  • गृहपृष्ठ
  • क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

Jun 26th, 2025

काठमाडौं, असार १२

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा.गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनःदेखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।

चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए।