neapl investment mega bank
  • गृहपृष्ठ
  • त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे

Jun 26th, 2025

काठमाडौं, असार १२

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिएको छ।

यसअघि प्राधिकरणका उप–महानिर्देशक तथा प्रवक्ताका रूपमा कार्यरत पाण्डेलाई बुधबार बसेको प्राधिकरणको बैठकले त्रिभुवन विमानस्थलको प्रमुखको रूपमा जिम्मेवारी दिएको हो।

पूर्व महाप्रवन्धक जगन्नाथ निरौलालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने पोखराका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।