काठमाडौं, असार ११
नेशनल लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् ।
अध्यक्ष सिँहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
कम्पनीको २०८२/०३/ ०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।