neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको टिकाथलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

ललितपुरको टिकाथलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

Jun 24th, 2025

आधारभुमि संबाददाता/ १० असार, ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीय आशाकाजी महर्जन छन् । करेन्ट लागेर मंगलबार बिहान महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ ।

निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।