ललितपुर, असार १०
महालक्ष्मी नगरपालिका ललितपुरले आर्थिक वर्ष २०८२–०८३ को लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको सोमबार इमाडोलमा आयोजित नगरसभाको १८ ओैं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले नेपालको संविधानले संघीय शासन व्यवस्थामा लक्षित गरेको आर्थिक विकास, सामाजिक विकास र सुशासनलाई ध्यानमा राखेर बजेट प्रस्तुत गरेको बताइकी हुन् ।
त्यस्तै, बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख हरिगोविन्द श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को लागि महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए ।