neapl investment mega bank

कविता: भ्रष्टाचार

Jun 23rd, 2025

काठमाडौं, असार ९

जागौ ए जनता उठौ अब बुझौ हामिले यति
भ्रष्टाचार गरेर हुँदैन यो देशको उन्नति
जनचेतना फैलाउ सबैले हृदयमा दिप बाली
हिडौ हामीले सबै ठाउँमा भ्रष्टाचारको जालो तोडी

जताततै बेइमानी छ कहाँ बाट हुन्छ देशको उन्नति
देशमा चारैतिर भ्रष्टाचारको जालो हटाउने हो कसरी
सेवा गर्छु देशको भनी जनताको आँखा छलेछ
फेद देखि टुप्पो सम्म भ्रष्टाचारले छोपेछ

भ्रष्टाचार नै देश रित्याउने रोग रहेछ
देशमा भ्रष्टाचारको सन्जालले सबै ठाउँमा जरा गाडेछ
भ्रष्टाचार बढयो देशमा सुशासन कहाँ गएछ
भ्रष्टाचार छानबिन गर्ने नै भ्रष्टाचारि रहेछ

अब हामी सबैले भ्रष्टाचार उन्मुलन गर्नै पर्छ
भ्रष्टाचारको विरुद्धमा हामी सबै जुटनुपर्छ
हामी जनता अब एक भै जुटनुपर्छ
नेपाल देश साच्चै भ्रष्टाचार रहित बनाउनुपर्छ

लेखक: गोबिन्द राज ओझा (राजन)