काठमाडौं, असार ६
काठमाडौं जिल्लाभित्र अब निषेधित क्षेत्र नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा-जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।