चितवन, असार ३
मानव महाशक्ति अभियान, नेपाल अन्तर्गत चितवन जिल्लामा एक भव्य भेलाको आयोजना गर्दै जिल्ला कार्य समिति गठन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय संरक्षक संयोजक श्री बिनोद कुमार गुरूङ हुनुहुन्थ्यो भने केन्द्रीय अध्यक्ष श्रीमती सुष्मा देवकोटा विशेष अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता चितवन जिल्ला कार्य समिति संयोजक श्री बिनोद सेञ्चरीले गर्नुभएको थियो।
भेलामा अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो। सो अवसरमा चितवन जिल्लाका लागि नयाँ कार्य समिति गठन गरी सार्वजनिक रुपमा घोषणा गरिएको छ।
नवनियुक्त कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले अभियानका उद्देश्य र भावी योजनाबारे प्रकाश पारे।
मानव महाशक्ति अभियान, नेपालले मुलुकभर जनचेतना अभिवृद्धि, सामाजिक न्याय र सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको छ। यस अभियानको चितवनमा सक्रिय सहभागिता र सशक्त संरचनाले स्थानीय तहमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।