आधारभुमि संबाददाता , भक्तपुर २७ जेष्ठ
नेपाल तरुण दल भक्तपुर जिल्ला सुर्यविनायकको नगर अध्यक्षमा रन्जन बस्नेत निर्वाचित भएका छन्।
नेपाली काङ्ग्रेस सूर्यविनायक नगर कार्यसमितिको पार्टी कार्यालयमा सोमबार सम्पन्न नगर अधिवेशनबाट बस्नेतको अध्यक्षतामा नौ सदस्यीय जिल्ला प्रतिनिधि चयन भएका हुन्। हरि खड्का (खस आर्या), बिजेश जोशी( खुल्ला), सुरेन्द्र श्रेष्ठ (खुल्ला), सायना केसी (खुल्ला महिला), सबिता डागी (आदिवासी जनजाती महिला), कुमार रानामगर (आदिबासी जनजाति), निकेश नेपाली (दलित पुरुष), बस्ती अच्छामी (दलित महिला), श्यामकुमार माडी श्रेष्ठ (फरक क्षमता ) जिल्ला प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत अधिवक्ता शेषांश गिरिले जानकारी दिए।
नेपाली काङ्ग्रेस पार्टी जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्य, तरुण दल पूर्व अध्यक्ष विनोद कायस्थको विशेष आतिथ्य, पार्टीको सूर्यविनातक नगर सभापति निशान ढुङ्गेलको विशेष आतिथ्य, जिल्ला अधिवेशन संयोजक राजु थापाको विशेष आतिथ्यमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा जिल्लाको पार्टीको नेताहरू एवं तरुण कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल तरुण दल भक्तपुर जिल्ला सूर्यविनायक नगर अध्यक्ष उमेश अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।