neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

Jun 6th, 2025

काठमाडौं, जेठ २३

नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो प्लाष्टिक जोन) बनाउने भएको छ ।

कांगे्रसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयहरू र भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने भएको हो ।