neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट कार्यान्वयन आजैदेखि हुन्छः अर्थमन्त्री

बजेट कार्यान्वयन आजैदेखि हुन्छः अर्थमन्त्री

May 30th, 2025

काठमाडौं, जेठ १६

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन् ।