neapl investment mega bank

आइतबार काठमाडौं उपत्यकामा बिदा

May 30th, 2025

काठमाडौं, जेठ १६

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए।

हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ। यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।