ललितपुर, जेठ १५
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि ज्योतिषहरुले आज दिउसोको साइत निकालेका हुन् ।
आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो।
आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा १८ गते आइतबार भोटो देखाइनेछ । जावलाखेल पुर्याएको चौथो दिन साइत अनुसार भोटो देखाउने जात्रा हुन्छ ।