काठमाडौं, जेठ १५
नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि ले “बिना Trouble पैसा Double” अफर सार्वजनिक गरेको छ ।
यस विशेष योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले रु ५००० सम्मको Double Cashback जित्न सक्ने मौका रहेको छ । साथै, अफर समाप्तिसंगै थप २ जना भाग्यमानी प्रयोगकर्ताहरूलाई बम्पर पुरस्कार स्वरूप रु १,००,००० जित्ने अवसर रहेको छ।
जेष्ठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्वर मध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर । बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्। हरेक दिन छनौट गरिने २ जना भाग्यशाली Double Cashback विजेता मध्ये १ जना बिजेता नयां प्रयोगकर्ताहरुबाट छनोट गरिनेछ ।
इसेवाले डिजिटल कारोवारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय सस्थासंग सहकार्य गर्दै आएको छ। हाल इसेवामा नेपालका सबै प्रमुख वैक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध रहेका छन् । यी साझेदारीहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोछ । बैंक तथा वित्तीय संस्थाहरू संगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।
यसरी, इसेवाले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पुऱ्याइरहेको छ। डिजिटल कारोवारलाई प्रवर्द्धन गरी आर्थिक विकास र डिजिटल अर्थतन्त्रको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको छ।