neapl investment mega bank

अफताव आलमले पाए सफाइ

May 28th, 2025

काठमाडौं, जेठ १४

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई राजपुर हत्याकाण्डमा उच्च अदालत वीरगन्जले सफाइ दिएको छ।

बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।

उनीमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो।

हाल केन्द्रीय कारागार नख्खुमा थुनामा रहेका आलमलाई आजै  थुनामुक्त गर्ने तयारी गरिएको छ।