neapl investment mega bank
  • गृहपृष्ठ
  • मानव महाशक्ति अभियानद्वारा गोरखामा अति विपन्न बालबालिकालाई सहयोग

मानव महाशक्ति अभियानद्वारा गोरखामा अति विपन्न बालबालिकालाई सहयोग

May 25th, 2025

काठमाडौं, जेठ ११

नेपाल भारत आदिवासी जनजाति मैत्री संघका राष्ट्रिय परिषद सदस्य तथा मानव महाशक्ति अभियानका अध्यक्ष, कुशल व्यवसायी, वरिष्ठ समाजसेवी एवं युवा नेतृ श्रीमती सुष्मा देबकोटा र सोही संस्थाका कोषाध्यक्ष, महिला नेतृ श्रीमती कल्पना पोखरेलले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–५ स्थित मुचोकटार आधारभूत विद्यालयमा अध्ययनरत ६ दर्जनभन्दा बढी अति विपन्न दलित वर्गका बालबालिकाहरुलाई शिक्षासामग्री तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ।

आज देबकोटा र पोखरेलले संयुक्त रुपमा विद्यालयमा आयोजित एक भव्य समारोहबीच शैक्षिक सामग्री, लत्ता कपडा, स्टेशनरी सामग्री, स्कुल ड्रेस, कापी–कलम, स्कुल ब्याग, ज्योमेट्री बक्स लगायत खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभयो।

उहाँहरुले आफ्नै लगानीमा मानव सेवा भावनाले प्रेरित भएर उक्त सहयोग कार्यक्रम सञ्चालन गर्नुभएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

यो मानवीय कार्यप्रति नेपाल भारत आदिवासी जनजाति मैत्री संघ तथा मानव महाशक्ति अभियानले अध्यक्ष देबकोटा र कोषाध्यक्ष पोखरेललाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै, यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यले समाजमा सकारात्मक प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।