neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री यादवद्धारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको बिदाई

मन्त्री यादवद्धारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको बिदाई

May 22nd, 2025

खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नु भएको छ ।

मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले
विमानस्थलमै पुगेर उहाँहरुलाई बिदाई गरेको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर मैले फुलमाला तथा खादा लगाई बिदाई गरेको छु । उहाँहरुको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।”
मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भई फुलमाला, खादा लगाई बिदाई गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

मन्त्री यादवले व्यक्तिगत रुपमा खादा र मालाले सम्मान गर्नु भएपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्बीको  आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१  जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ ।

देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।  

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।