neapl investment mega bank
  • गृहपृष्ठ
  • गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

May 21st, 2025

काठमाडौं, जेठ ७

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन्।

भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले पक्राउ गरेको हो। उनी हिजो बेलुकीमात्रै गृह मन्त्रालय तानिएका थिए।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतका रुपमा कार्यरत थिए। त्यहाँ रहदा उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरी परेको थियो। सोही प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार स्रोतले बतायो।