neapl investment mega bank
  • गृहपृष्ठ
  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलको सपथ आज

नवनियुक्त गभर्नर डा. विश्व पौडेलको सपथ आज

May 21st, 2025

काठमाडौं, जेठ ७

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आजै सपथ लिँदै पदभार ग्रहण गर्ने भएका छन्।

डा. पौडेलले आज बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट गभर्नर पदको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि उनी नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय, बालुवाटार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

सरकारले हिजो, जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत डा. पौडेललाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। अर्थशास्त्रका विज्ञ तथा पूर्व योजना आयोगका उपाध्यक्षसमेत रहेका डा. पौडेल लामो समयदेखि नीति निर्माण तथा वित्तीय क्षेत्रको सुधारमा संलग्न रहँदै आएका छन्।