neapl investment mega bank
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत

सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत

May 20th, 2025

आधारभुमि संबाददाता , भक्तपुर, जेठ ६

सूर्यविनायक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा युवराज आचार्यले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ।

सोमबार नगरपालिकामा नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता भट्टराईले उहाँलाई स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा नगर प्रमुख थापाले नीति नियम र ऐनको परिधिमा रहेर आपसी सहकार्य र समन्वय गर्दै प्रशासनीक कार्य अगाडी बढाउन निर्देशन दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो कार्यकाल सफल र प्रभावकारी बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिृकत तारानाथ लुइँटेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि उहाँको ठाउँमा आचार्यले जिम्मेवारी समाल्नु भएको हो ।