neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले परित्याग गरेका युवा नेता विपिन कार्कीको राजीनामा

एमाले परित्याग गरेका युवा नेता विपिन कार्कीको राजीनामा

May 18th, 2025

ललितपुर, जेठ ४

नेकपा एमालेमा १३ वर्षकाे उमेरदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता विपिन कार्कीले पार्टी परित्याग गरेका छन्। उनले यही जेठ ३ गते पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन्।

फेसबुकमा लेखेका छन्, “मदन भण्डारीको सिद्धान्त र विचारबाट प्रेरित भई नेकपा एमालेमा लागेको म विपिन कार्की आजको मितिबाट संगठित सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गर्दछु।”

३२औं मदन भण्डारी स्मृति दिवसको अवसर पारेर राजीनामा दिएको उल्लेख गर्दै उनले स्व. भण्डारीप्रति श्रद्धाञ्जली स्वरूप आफ्नो निर्णयलाई अर्पण गरेको बताएका छन्।

आगामी यात्राबारे स्पष्ट पार्दै उनले भनेका छन्, “मदन भण्डारीको सिद्धान्त र विचारबाट सिकेका नैतिकता र आदर्शलाई मार्गदर्शन बनाई अबको मेरो जीवन महालक्ष्मी नगरपालिकाको हित र विकासका लागि एक सच्चा सामाजिक अभियन्ता तथा सचेत नेपाली नागरिक भएर बिताउने प्रण गर्दछु।”

कार्कीले विगतमा पनि पार्टीभित्र सत्य र गलतको स्पष्ट पहिचान गर्दै धारणा सार्वजनिक गर्दै आएका थिए। उनको यो निर्णय पार्टी भित्रको असन्तुष्टिको संकेतको रूपमा हेरिएको छ।