neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको एमएसआर सहकारी लथालिंग, १० करोड निक्षेप डुब्ने खतरा

ललितपुरको एमएसआर सहकारी लथालिंग, १० करोड निक्षेप डुब्ने खतरा

May 13th, 2025

ललितपुर, बैशाख ३०
ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विगत २ बर्षदेखि निक्षेप फिर्ता गर्न सकेको छैन । सहकारीमा संकट गहिरिँदै जाँदा सबै सञ्चालकहरुले पनि अध्यक्ष समक्ष राजिनामा बुझाएको सम्बद्ध स्रोतले बतायो । उनीहरुको राजिनामा नोटिस बोडर्मा टाँसिएको छ । त्यसैगरी संस्थाका सिइओ तथा अन्य कर्मचारीहरु पनि कार्यालय आउन छाडेका छन् ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष स्वयम्भुराम जोशीको निरन्तरको मनोमानीले संस्था डुबेको हो । हाल संस्थासँग अलिकति पनि तरलता नभएको र बचतकर्ताहरुको बचत फिर्तागर्नुपर्ने रकम करिव १० करोड हाराहारी रहेको स्रोतले बतायो । सो रकम संस्थाको चलअचल सम्पत्ति विक्रि नगरी तिर्नै सक्ने अवस्था पनि रहेको छैन ।

ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेल लगायतमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको सो सहकारीको केन्द्रिय कार्यालय ढोलाहिटीमा दिनहुँ जसो बचत फिर्ताको लागि सदस्यहरु आउने गरेका थिए । अहिले भने आजित भएर त्यो पनि आउन छोडेका छन् । त्यसरी आउनेहरुलाई ब्यवस्थापनले आश्वासन दिँदै फिर्ता पठाउने गरेको सदस्यहरुको गुनासा छन् ।

जनताको १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी रहेका छन् । उनै जोशी लामो समय वित्तिय क्षेत्रमा अनुभव भएको बुझन्मा आएको छ । कुनै समय सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम जोशी अनियमितता तथा बैंकिङ कसुरमा परि राष्ट बैंकले कार्वाही समेत गरेका ब्यक्ति हुन् । आफु अध्यक्ष र श्रीमती शुभलाभ जोशी प्रमुख कार्यकारी अधिकृत भएर संचालन गरेको सहकारी डुब्ने अवस्थामा पुगे पश्चात श्रीमतीलाई अलग गरेको समेत बुझन सकिन्छ ।

४ हजार बचतकर्ताको बचत डुब्ने खतरा बढी रहँदा सम्बन्धीत निकायले त्यसतर्फ ध्याआकृष्ट गर्नुपर्नेमा बेवास्ता गर्दै आइरहेको छ ।