काठमाडौं, बैशाख २६
बैशाख २२ गतेबाट श्री मध्य पूर्वी पृतना हे.क्वा., बर्दिबासमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) आज समापन भएको छ ।
समापन समारोहमा मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री भूवन खत्रीले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ (चार) वटा एफ।.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।
उक्त क्षेत्र अन्तर्गत ११ वटा जिल्लाका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २७ ९सत्ताइस० जना सञ्चारकर्मीहरूको सहभागितामा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराईएको थियो। कार्यक्रमको दौरान सहभागीहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमण समेत गराइएको थियो ।
यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।