neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • Closeup ले विजेता प्रोशेश पाण्डेलाई रु १ लाखको नगद पुरस्कार प्रदान

Closeup ले विजेता प्रोशेश पाण्डेलाई रु १ लाखको नगद पुरस्कार प्रदान

May 4th, 2025

काठमाडौ, वैशाख २१

Voice of Nepal Season 6 को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ। यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।

यस सिजनको शीर्ष प्रायोजक Closeup ले विजेता प्रोशेश पाण्डेलाई रु १ लाखको नगद पुरस्कार प्रदान गर्यो। सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।

Closeup ले सधै संगीत र आत्मविश्वासको आत्माको साथ आफू‌लाई जोड्‌दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासंग मेल खाने गरी, Closeup को यो साझेदारी केबल ब्रान्ड प्रवर्द्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

Closeup ले सधै आत्म-अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक-अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ। Voice of Nepal जस्तो प्लेटफर्मसंगको सहकार्यले हामीलाई नयां प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसंग जोडिन सघाएको छ,” Closeup का प्रतिनिधिले बताए ।

सिजन ६ को समापनसंगै Closeup ले पुनः आफ्नो प्रतिवद्धता दोहोऱ्याएको छ -आत्मविश्वास, ताजगी र संगसँगै रहने क्षणहरूलाई मनाउन तथा भविष्यका कलाकारलाई साथ दिन ।