neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतले लगायो पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध

भारतले लगायो पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध

May 3rd, 2025

काठमाडौं, बैशाख २०

भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गरी पाकिस्तानबाट हुने प्रत्यक्ष अप्रत्यक्ष आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

पाकिस्तानमा उत्पादन भएका र भारत ल्याइँदै गरिएका सामानहरूमा पनि प्रतिबन्ध लगाउन महानिर्देशनालयले निर्देशन दिएको छ।

बिबिसीका अनुसार सामानमात्रै नभई पाकिस्तानसँग हुलाकबाट हुने चिठी आदानप्रदानमा समेत रोक लगाइएको छ।

अप्रिल २२ मा जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाबाट नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको घटनापछि भारत-पाकिस्तानबीच प्रतिबन्धको शृंखला चलेको छ।