neapl investment mega bank
  • गृहपृष्ठ
  • सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

May 2nd, 2025

काठमाडौं, बैशाख १९

सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताहरू बचत फिर्ता गर्न सहकारी नियमन प्राधिकरणमार्फत राहत कोष स्थापना गरिने बताए ।